पहिलो चरणको मतपत्र तयार, दोस्रो चरणको छाप्न सुरु

पत्रपत्रिकाबाट

मंगलबार, २१ कार्तिक २०७४, ०७ : ३८
पहिलो चरणको मतपत्र तयार, दोस्रो चरणको छाप्न सुरु

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको छ ।

छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए ।
सर्वोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग मतपत्र छाप्ने निर्णय गरेको थियो ।

एउटै पानामा तल र माथि दुवै मतपत्र छाप्ने तयारी भएका बेला उक्त निर्णयलाई परिवर्तन गरी आदेशअनुसार आयोगले अलगअलग मतपत्र छापेको हो ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस