काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने भएको छ । पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको हो। संयन्त्रलाई ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ नाम दिइएको छ ।
१६ माघ भित्र कांग्रेसले जितेका पालिकामा संयन्त्र बनाउने महामन्त्री गगन थापाले जानकारी गराए । संयन्त्रमा निर्वाचित जनप्रतिनिधि र पालिकाको पार्टी संरचनाबाट ३/३ र अन्य थप दुई गरी आठ सदस्यीय संयन्त्र हुनेछ । संयन्त्रमा रहने थप दुई जनामा विज्ञ, अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिने भएको छ।
संयन्त्रको बैठक प्रत्येक २/२ महिनामा बस्नुपर्दछ । जनप्रतिनिधि र पार्टीको स्थानीय संरचनासँग सल्लाह र संवाद हुन नसकेको कारणले संयन्त्र बनाउन लागिएको महामन्त्री थापाले शनिबार पोखरामा बताए।
‘हाम्रो बीचमा संवाद भइरहेको छैन । हामी सँगै बस्न पर्यो । एक अर्काको कुरा सुन्न पर्यो,’ थापाले भने । कांग्रेसको बैठकहरुमा जितेकाले पार्टीसँग समन्वय नगरेको गुनासो बेला बेला उठाउँदै आएका छन् ।
जनप्रतिनिधि र पार्टी संरचनाको समन्वय गर्नका लागि संयन्त्र बनाउन लागिएको स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले जानकारी गराए । ‘जन चासो, जनगुनासोका सवालमाथि छलफल हुन्छ । जनप्रतिनिधिहरुले आफूले गरेको कार्यको जानकारी गराउँछन् । जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन पार्टीले सल्लाह सुझाव र सहयोग गर्छ,’ आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)