बहसमा वाम एकता : ‘जबज र माओवाद छाड्दा मात्र एकता’

पत्रपत्रिकाबाट

सोमबार, १७ पुस २०७४, ०६ : ५१
बहसमा वाम एकता : ‘जबज र माओवाद छाड्दा मात्र एकता’

एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले अपनाउँदै आएको  ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए।

प्रतिक्रिया दिनुहोस