काठमाडौँ। नेपाली काँग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षले भेला बोलाएपछि पार्टी केन्द्रले कोशीमा सर्कुलर गरेको छ । कोशी प्रदेशका सबै जिल्लाहरूलाई केन्द्रले परिपत्र जारी गर्दै २२ मंसिरअघि पार्टीको औपचारिक कार्यक्रम नभएको स्पष्ट पारिएको छ ।
शेखर पक्षले १८ मंसिरमा विराटनगरमा भेला बोलाएको छ । भेलाका लागि पालिकाका सभापतिहरूलाई निमन्त्रणा गरिएको छ । पार्टीले औपचारिक निर्णयमा भने अनुसार २२ मंसिरमा प्रदेश सम्मेलन डाकिएको छ ।
पार्टीको सम्मेलन अघि शेखर पक्षको भेला डाकिएको छ । ‘मंसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनी प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने/नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ।
काँग्रेसको वैधानिक प्रावधान अनुरूप सबै तहवर्षमा एक पटक सम्मेलन गर्नुपर्दछ। कोशी प्रदेशको सम्मेलन घोषणा गरे पनि विगतमा हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो