काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युतीय लाइनमुनि रहेका संरचनालाई हटाउन निर्देशन दिएको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै सूचना जारी भएको मितिले ३५ दिनभित्र त्यस्ता संरचना हटाउन भनेको हो ।महानगरले विद्युत् नियमन ऐन २०४९ र विद्युत नियमावली २०५० अनुसार विपद् जोखिम न्यूनीकरण र जनसुरक्षाका लागि यो कदम चालेको हो।
महानगरपालिकाको शहरी व्यवस्थापन विभागले जारी गरेको सूचनामा विद्युत् लाइनमुनि निर्माण गरिएका संरचना घरधनी स्वयंले हटाउन भनेको छ । महानगरपालिकाले निर्देशन पालना नगरे कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
महानगरभित्र घर,टहरा, पर्खाल आदि संरचना निर्माण गर्दा प्रचलित मापदण्ड अनुसार महानगरपालिकाबाट स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने प्रावधान रहेको छ।
महानगरपालिका कार्यालयबाट स्वीकृति लिए बमोजिम निर्माण कार्य गर्नु पर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत विद्युत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको छाड्नुपर्ने दूरी नछाडि घर, टहरा, विद्यालय, कलेज लगायत संरचना निर्माण भएको देखिएको महानगरले जनाएको छ ।
यस्ता संरचनाले विभिन्न समयमा दुर्घटना समेत भइरहेको हुदाँ मापदण्ड विपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक घरधनी स्वयम्ले नै सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र हटाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
डोल्पाका स्थानीय तह काठमाडौं महानगरसँग जोडिँदै