काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।
त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य