काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो।
जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति रहेको महानगरपालिकाले जनाएको छ । यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ । महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो । यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन । पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुगेपनि एमालेले अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत् पत्र पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह