काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने भएको छ । महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
उक्त पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरू पौने २ बजे एमाले पार्टी कार्यालय पुग्ने बताइएको छ । पाण्डेका अनुसार शुक्रबार पत्र काटिएपनि पार्टीलाई औपचारिक रूपमा बुझाउन बाँकी थियो । एमालेले भने उक्त पत्रको आलोचना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह