जनकपुर । ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैचामा फालेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०७५, १७ : ०४
लेखकबाट थप