काठमाडौं । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिला शव भेटिएको छ । बुधबार बेलुकी सवा ५ बजे भक्तपुर नगरपालिका–३ स्थित दरवारस्क्वायर इछुगल्लीमा बस्ने ९४ वर्षीया विष्णु कुमारी त्वयनाको शव खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो ।
उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए । उनी आफ्नै घरको चौथो तल्लामा एक्लै बस्दै आएकी थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली, केनाईबाट कुकुर सहितको प्रहरी टोली र अपराध शाखा भक्तपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको उनले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता