सेतो घोडेजात्रा सम्पन्न

शनिबार, ०३ कार्तिक २०७५, ०८ : ४१
सेतो घोडेजात्रा सम्पन्न

भक्तपुर l साँस्कृतिक महोत्सवका रूपमा बडादशैंको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ ।

प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ ।

 जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिए ।जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

यता बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा पनि सम्पन्न भएको छ ।

तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस