काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य व्यक्तिले कार्यविधि अनुसार १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने पनि जनाइएको छ । । साथै अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइटस् धधध।mयभकत।नयख।लउ मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय