चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारमा दूध बोक्ने ट्यांकरले भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था मध्यम छ ।
मृत्यु हुनेमा धादिङ कलेरी बस्ने वर्ष २५ को चन्द्रबहादुर नेपाली, धादिङ बेनीघाट बस्ने वर्ष २१ को भुवन श्रेष्ठ, धादिङ गल्छी गाउँपालिका १ बस्ने वर्ष ७ को रोशन गैरे रहेका छन् । एक घाइतेको मनकामना अस्पताल भरतपुर, एक घाइतेको धादिङ गजुरी अस्पताल र अरु दई घाइतेको पुरानो मेडिकल भरतपुर र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घटनामा जम्मा ७ जना घाइते भएका थिए ।
पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई विपरीत दिशातर्फ आइरहेको बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस