रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा सोमबार बिहान २ बजे सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको कमाण्डमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका ९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित गोली बरामद भएको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको जानकारी दिए। हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउन लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ