रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा सोमबार बिहान २ बजे सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको कमाण्डमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका ९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित गोली बरामद भएको हो ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको जानकारी दिए। हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ