चितवन । देवघाटबाट नारायणगढ आउदै गरेको सिटी बस मंललबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
ना ७ ख १५५४ नम्वरको सिटीबस तिब्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । बसमा ३० जना सवार थिए ।
घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सिटी बस चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०७५, ११ : ३४
लेखकबाट थप