तोकिएको भाडादरभन्दा बढी भाडा उठाउने बस र माइक्रोलाई कारवाही

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २८ असोज २०७५, १८ : ५२
तोकिएको भाडादरभन्दा बढी भाडा उठाउने बस र माइक्रोलाई कारवाही

चितवन । तोकिएको भाडादरभन्दा बढी भाडा उठाउने बस र माइक्रोलाई चितवन ट्राफिक प्रहरीले कारवाहि गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमको कमाण्डमा खटिएको टोलिले आइतबार आँपटारी चोकमा चेकजाँच गर्दा प्रतिव्यक्ति रु. ५० देखि १५० सम्म निर्धारित भाडादर भन्दा बढी रकम लिएको पाइएकोले  ५ वटा बस र १० वटा माइक्रोलाई कारवाहि गरेको हो । 

भाडादरभन्दा बढी हुन आएको भाडा रकम १७ हजार रुपैयाँ यात्रुहरुलाई फिर्ता गराइएको छ । बढी भाडा लिएको कसुरमा आवश्यक कारवाही गरिएको ट्राफिक प्रहरी निरीक्षक गौतमले बताउनु भयो  ।

त्यस्तै अधिकांस सवारी साधनमा नेपाल सरकारले तोकेको भाडादर यात्रुले स्पष्टसँग देख्ने गरी नटाँसेको पाईएकोले त्यस्ता सवारीका चालक तथा सञ्चालकहरुलाई अविलम्ब भाडादर टाँस्नको लागि सचेत गराइएको उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस