आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

पत्रपत्रिकाबाट

आइतबार, १६ पुस २०७४, ०६ : ५२
आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त' शनिबार दर्शनका लागि पुगेका काठमाडौं  हाँडीगाउँका रामचन्द्र अर्यालले भने । आजको गोरखापत्रमा यो खबर छ ।

ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिए ।

पशुपति दर्शनमा गएका बबरमहलका महेश अधिकारी भन्दै थिए, 'मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महसुस गरेको हो । यी हेर्नुस त मन्दिरका मन्दिर उक्लिेने सिँडीहरु टल्किएका छन् । भुइँमा कतै पनि धुलो या फोहोरका पातपतिगर देखिँदैन ।'

साँच्चीकै यतिखेर पशुपतिनाथ क्षेत्रको मुहार फेरिएको छ । बागमती किनारदेखि माथि मन्दिर र कैलश चौरमुनिको भूभागमा धुलो, फोहोर केही छैन भने साना मठ र संरचनामा पनि निकै चमक आएको छ ।

प्रतिक्रिया दिनुहोस