यस्तो पो ट्याक्सी चालक

पत्रपत्रिकाबाट

आइतबार, १६ पुस २०७४, ०६ : ४७
यस्तो पो ट्याक्सी चालक

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार हतारमा जाने र आउने गर्छन् ।

हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन् । नम्बर थाहा नुहुँदा ट्याक्सीमा सामान छुटे पनि पाउने सम्भावना कमै हुन्छ ।

तर, बा १ ज् ५१३ नम्बर ट्याक्सीका चालक सुरेन्द्रप्रसाद नेपालले आफूले भेटाएको २ लाख १५ हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

-डोटीका पूर्वसांसद गौरी ओली र जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर शुक्रबार साँझ धनगढी विमानस्थलबाट काठमाडौं ओर्लिए ।
-विमानस्थलबाट ट्याक्सी चढेर आफ्नो निवास थापागाउँ पुगे ।
-उनलाई पैसा भएको ब्याग छुटेको शनिबार मात्र थाहा भयो ।
-पैसा पाउने आस मरिसकेको भए पनि झिनो आशले प्रहरीमा खबर गरियो ।

प्रहरीले ट्याक्सीमा छुटेको ब्यागको खोजी प्रक्रिया अगाडि बढाउन नपाउँदै चालक नेपाल नै पैसा बुझाउन विमानस्थल प्रहरीकहाँ पुगेका थिए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस