ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्।
आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता
नदीमा डुबेर किशाेर बेपत्ता
मादी नदीले बगाएर एक जना बेपत्ता
खोलाले बगाउँदा एक युवक बेपत्ता
४९ जना सवार रुसी जहाज बेपत्ता, खोजी कार्य तीव्र
भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन