बेरुत । लेबनानको राजधानी बेरुत समेत त्यहाँका कयौँ सहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको छ । अघिल्लो दिन पेजर विस्फोट भएकोमा बुधबार भने वाकीटकीमा शृङ्खलाबद्ध रूपमा विस्फोट भए । यी घटनामा कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ । अरू ४५० भन्दा धेरै घाइते भएका छन् ।
मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने भनिएको छ । अघिल्लो दिन हजारौँको सङ्ख्यामा पेजर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए । यसरी लेबनानमा पेजर–वाकी टकी विस्फोटका घटनामा २ दिनमा ३२ जनाको ज्यान गएको छ । घाइतेको सङ्ख्या पनि ३ हजार ५०० नाघेको छ ।
लेबनानमा, इरान समर्थित सङ्गठन हिजबुल्लाहका लडाकुहरूले एकअर्कासँग कुराकानी गर्न पेजर र वाकी–टकीहरू प्रयोग गर्छन् । हिजबुल्लाहले यी आक्रमणका लागि इजरायललाई दोष दिएको छ । यसै विषयमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले शुक्रबार आपत्कालीन बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु