बेरुत । लेबनानको राजधानी बेरुत समेत त्यहाँका कयौँ सहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको छ । अघिल्लो दिन पेजर विस्फोट भएकोमा बुधबार भने वाकीटकीमा शृङ्खलाबद्ध रूपमा विस्फोट भए । यी घटनामा कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ । अरू ४५० भन्दा धेरै घाइते भएका छन् ।
मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने भनिएको छ । अघिल्लो दिन हजारौँको सङ्ख्यामा पेजर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने २८ सयभन्दा बढी घाइते भएका थिए । यसरी लेबनानमा पेजर–वाकी टकी विस्फोटका घटनामा २ दिनमा ३२ जनाको ज्यान गएको छ । घाइतेको सङ्ख्या पनि ३ हजार ५०० नाघेको छ ।
लेबनानमा, इरान समर्थित सङ्गठन हिजबुल्लाहका लडाकुहरूले एकअर्कासँग कुराकानी गर्न पेजर र वाकी–टकीहरू प्रयोग गर्छन् । हिजबुल्लाहले यी आक्रमणका लागि इजरायललाई दोष दिएको छ । यसै विषयमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले शुक्रबार आपत्कालीन बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु