एजेन्सी । लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्। बेरुत, बेक्का उपत्यका र दक्षिण लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहले बोकेको वाक्की टक्की विस्फोट भएको छ।
मंगलबार भएको पेजर विस्फोटको क्रममा मारिनेकै अन्त्येष्टि भइरहेको समयमा पनि विस्फोट भएको थियो। इजरायलका रक्षा मन्त्री युसुफ गालान्टले युद्ध नयाँ चरणमा प्रवेश गरेको बताए पनि यो युद्ध सुरु भएको हो।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुरिटेजले यो नाटकीय घटनाले आश्चर्यमा पारेको बताए।
इजरायल र हमासको बिचमा ११ महिना लामो युद्धपछि अहिले लेबनानमा भएको यो विस्फोटले धेरैलाई आतङ्कित तुल्याएको छ।
आक्रमण अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरमा रहेका धेरै विस्थापितलाई घर फर्कन भनेका छन्। हिजबुल्लाहले हमासको सहयोगमा आफूहरू रहेको जनाएको साथै इरानले आफूलाई साथ भएको पनि जनाएको छ।
हिजबुल्लाहका नेता हसन नसराल्लाहले बिहीबार सम्बोधन गर्ने छन्। बुधबार हिजबुल्लाहले जनाए अनुसार उनका १३ जना लडाकु मारिएका छन्, यसमा एक जना १६ वर्षीय छन्। मंगलबार एकै पटक लेबनानमा हजारौँ पेजर विस्फोट हुँदा यसले सबैलाई चिन्तामा डुबाएको छ। मंगलबार मारिनेमा १८ वर्षीया किशोरी र ११ वर्षीय बालक समेत थिए।
हिजबुल्लाहले ५ महिना अघि यस वाकीटकी र पेजर एकै पटक खरिद गरेको थियो। बेरुत अप्थोमालोजिस्टका अनुसार ६० प्रतिशतले एउटा आँखा गुमाएका छन्। धेरैले दृष्टि समेत गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु