काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन्।
पोखरेलले सञ्जालमा स्टाटस लेख्दै कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र आएको पैसाको दायित्वबारे जानकारी नै नराखी कसरी सेयर होल्डर बन्न सक्छ भन्दै प्रश्न गरेका छन् ।
उनले नाम नलिइकन लामिछानेतर्फ लक्षित गर्दै कम्पनीको दायित्व बिर्सेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरेका छन् ।
यति हुँदा पनि उसले गरेको त्यो काम दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भएको उनको टिप्पणी छ ।
'कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ,' उनले लेखेका छन्।,
'अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?'
समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई दोषी किटान गरेर कारबाहीको सिफारिश गरेको छ । लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको थियो ।
तर, लामिछानेसहित रास्वपा नेताहरूले भने उनले क्लिन चिट पाएको भन्दै अपव्याख्या गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
एमालेले राम्रो काम गरेकै कारण चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल