काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर शाही छन् ।
४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ