काठमाडौं । विश्वकप लिग-२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। क्यानडाले उसको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।
क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।
नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।
क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० आई सिरिज खेल्नेछ।
चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै
क्यानडासँग हार्यो नेपाल
क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने