हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १४ : ०४
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैंकले श्रेष्ठलाई सिइओमा ४ वर्षको लागि नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए ।

श्रेष्ठ ललितपुर महानगरपालिका–१० निवासी हुन् । सञ्चालक समितिले श्रेष्ठलाई असोज १८ गतेदेखि लागु हुनेगरी सिइओमा सम्झौता गरेको छ । यस अघि श्रेष्ठ एभरेष्टकै डिसिइओ थिइन् ।

प्रतिक्रिया दिनुहोस