काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।
कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको कांग्रेसका एक सांसदले बताए ।
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो ।
कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?