काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
बुधबार बिहान साढे ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो समय कांग्रेस र एमालेले रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा राना मगरलाई हटाउनेबारे छलफल गरेका छन् ।
केही व्यक्तिलाई अमेरिका लाने नाममा अनुचित कदम चालेको भन्दै राना विवादमा परेको भन्दै कांग्रेस र एमालेले राजीनामाको दबाब दिएका छन् । तर विपक्षी माओवादी केन्द्र, रास्वपा र राप्रपाले सरकारले संवैधानिक परिषद्मा आफ्नो पकड बढाउन रानालाई हटाउन खोजेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै