काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
बुधबार बिहान साढे ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो समय कांग्रेस र एमालेले रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा राना मगरलाई हटाउनेबारे छलफल गरेका छन् ।
केही व्यक्तिलाई अमेरिका लाने नाममा अनुचित कदम चालेको भन्दै राना विवादमा परेको भन्दै कांग्रेस र एमालेले राजीनामाको दबाब दिएका छन् । तर विपक्षी माओवादी केन्द्र, रास्वपा र राप्रपाले सरकारले संवैधानिक परिषद्मा आफ्नो पकड बढाउन रानालाई हटाउन खोजेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?