काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने