जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्यका दम्पती बेपत्ता भएका छन्।
गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन्।
बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए।
‘गए राति पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान मानबहादुर चलाउने बेपत्ता हुनु भएको छ्,’ अध्यक्ष महताराले भने। पहिरोमा पुरिएकी उनीहरुकी ११ वर्षीय छोरीको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'