काठमाडौ । सरकारले गृह सचिवमा गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रुपमा रहेका दुवाडीलाई बिहीबार साँझ बसेको मन्त्रिपरषद्को बैठकले गृहमा सरुवा गरेको हो ।
यसअघि गृहमा जाने चर्चा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्कर, राष्ट्रपति कार्यालयका सचिव नारायण शर्मा दुवाडी र सचिव विनोद प्रकाश सिंहको चर्चा थियो ।
मन्त्रिपरिषद्को बैठकमा गोकर्णमणी दुवाडीलाई नै पठाउन गृहमन्त्री रमेश लेखकको इच्छा देखिएपछि उनलाई सरुवा गरेको स्रोतले बतायो ।
निर्वाचन आयोगमा समेत सचिवको रूपमा काम गरेका दुवाडीसँग मधेश प्रदेशको प्रमुख सचिवको रूपमा समेत काम गरेको अनुभव छ ।
उनी सहसचिव हुँदा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १४ : ००
लेखकबाट थप