काठमाडौं। कुमारी बैंक लिमिटेड र काठमाडौंको गोल्फुटारमा रहेको काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच सम्झौता भएको छ । यस सम्झौतासँगै कुमारी बैंकका ग्राहकहरूले केयर सेन्टरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने छन् ।
उक्त सेन्टरबाट बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंक र भिजन कार्टबीच सम्झौता, ४० प्रतिशतसम्म छुट
तिहार र छठको अवसरमा कुमारी बैंकले ल्यायो क्याशब्याक अफर
कुमारी बैंकले ल्यायो दशैं उत्सव क्यास ब्याक अफर