भरतपुर अस्पताल रोडका पसलहरुमा आगलागि

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २३ असोज २०७५, ०९ : २७
भरतपुर अस्पताल रोडका पसलहरुमा आगलागि

चितवन । भरतपुर महानगरपालिका १० स्थित अस्पताल रोडका पसलहरुमा आगलागि भएको छ । सोमबार राति ९ः४५ बजे लागेको आगोबाट नारयणी सामुदायिक अस्पताल अगाडि रहेका छहारी होटल (तन्दुरी रेष्टुरेण्ट), छहारी प्रोभिजनल एण्ड डेरी स्टोर (किराना पसल) पूर्ण रुपमा नष्ट भएका छन् । 

भरतपुर महानगरपालिका तथा नवलपुरको कावासोती नगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० बजे आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।

छहारी प्रोभिजनल एण्ड डेरी स्टोरबाट विद्युत सर्ट भई आगालागि भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँले जानकारी दिनुभयो । आगलागिबाट कति क्षति भयो भन्ने विवरण आइसकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ढकालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस