ओट्टावा । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका हुन् ।
अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि उनले बताएका छन् ।ट्रुडोले सामाजिक सञ्जालमा पोस्टमार्फत यो जानकारी दिएका हुन् । अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ ।
‘हामी क्यानाडामा आउने कम ज्यालामा काम गर्ने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं । श्रम बजारमा परिवर्तन भएको छ । अब हाम्रो व्यवसायहरूका लागि क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय आएको छ,’ ट्रुडोले माइक्रो ब्लगिङ वेबसाइटमा एउटा पोस्ट गर्दै भनेका छन् ।
क्यानडामा जनसंख्या बढिरहेकै समयमा यो कदम चालिएको हो । जनसंख्या बढेसँगै त्यहाँ आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरूले बताइरहेका छन् । क्याडनाको जनसंख्यामा भएको अधिकांश वृद्धि गत वर्ष देखिएको हो ।
आप्रवासीहरूको संख्यामा भएको वृद्धिका कारण त्यहाँको जनसंख्या बढेको संघीय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।बढ्दो जनसंख्यालाई पुग्ने गरी सेवा र घर निर्माण जस्ता सुविधाहरुलाई नबढाइकन आप्रवासीहरूलाई देशभित्र हुलेको भन्दै ट्रुडो र उनको सरकारको कडा आलोचना भइरहेको थियो ।
गएको दुई महीनामा क्यानडाको बेरोगारी दर बढेर ६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ । देशभरमा झन्डै १४ लाख मानिस बेरोजगार रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै
क्यानडासँग हार्यो नेपाल
विश्वकप लिग २ : आज क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल