बालकुमारी कलेजमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, १९ असोज २०७५, १५ : १५
बालकुमारी कलेजमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

चितवन ।  विजया दशमी तथा शुभ दिपावलीको अवसरमा बालकुमारी कलेज अनेरास्ववियु क्याम्पस कमिटि र अखिल (क्रान्तिकारी) मुल इकाइ समितिले संयुक्त रुपमा आज कलेजमा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद घनश्याम दाहालले विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै नेकपा चितवनका नेता तेजेन्द्र खड्का, यमबहादुर परियार, अनेरास्ववियु जिल्ला कमिटिका नेता लयायतले विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अनेरास्ववियु मुल इकाई समिति बालकुमारी कलेजका अध्यक्ष अमित आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मुल इकाई समिति बालकुमारी कलेजका अध्यक्ष रिदम पौडलले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस