चितवन । चितवनको नारायणी नदि किनारमा हिडिरहेका व्यक्ति माथी बाघले आक्रमण गरेको छ ।
आइतबार बिहान ५:२० बजेको समयमा चितवन भरतपुर-१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
बिहान हिडिरहेको अवस्थामा भरतपुर-२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ ।
श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ । श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरबाट खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा बाघको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण