काठमाडौँ । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृह मन्त्रालयका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ ।
‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।मुग्लिन–नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।
अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी