काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढ्दै १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख ४७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलमा ४० रुपैयाँले बढ्दै १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
सुनको मूल्य बढयो, चाँदी घट्यो
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?