काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । आज (सोमबार) साँझ बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । साथै राजदूत नियुक्ति र सचिव सरूवाका विषयमा पनि निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका प्रदेश प्रमुख अस्पताल भर्ना
एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट