सिराहा । सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिवार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन्।
कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए।
विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको हुनसक्ने कल्याणपुर नगरपालिका ६ का वडाध्यक्ष दिनेशकुमार साहले जानकारी दिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असार २०८१, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार