काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामा सरकार ढलेको दाबी गरेका छन्।शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन्।
‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै गर्नुहुन्थ्यो’ उनले भने, ‘फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो।’लामिछानेले भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेकोप्रति संकेत गर्दै यस्तो तर्क गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १५ : ५४
लेखकबाट थप