साधना र सबैको लघुवित्त वित्तीय संस्था मर्जर, असार ३० गतेदेखि एकीकृत कारोबारमा जाने

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, ११ : १७
साधना र सबैको लघुवित्त वित्तीय संस्था मर्जर, असार ३० गतेदेखि एकीकृत कारोबारमा जाने

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर हुने भएका छन् । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) अनुसार यी दुई संस्थाहरू एक आपसमा मर्जरमा जान लागेका हुन् ।

दुई संस्था मर्जरका लागि भएको सहमति र नियामक राष्ट्र बैंकको समेत स्वीकृतिमा यहीँ असार ३० गतेदेखि दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नेछन् ।मर्जर पछिको संस्थाको नाम सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस