काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का÷रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागको तर्फबाट महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरे । सरकारले आफू मातहतका निकायहरुलाई क्रमशः डिजिटाईशेन गर्दै लगेको छ । सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको भनाई बिभागका महानिर्देशक सापकोटाले बताए ।
यस्तै श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १६ : ५२
लेखकबाट थप