शुल्क वृद्धि फिर्ता गर्न क्रान्तिकारी विद्यार्थीको माग

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १५ असोज २०७५, १७ : ५९
शुल्क वृद्धि फिर्ता गर्न क्रान्तिकारी विद्यार्थीको माग

चितवन । बालकुमारी कलेजका विद्यार्थीहरुले बिएचएममा गरिएको शुल्क वृद्धि फिर्ता गर्न कलेज प्रशासनलाई आग्रह गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई समितिले बिएचएममा गरिएको शुल्क वृद्धि आफूहरुलाई मान्य नहुने जनाएको हो । 

तत्काल शुल्क वृद्धि खारेज नगरे संंघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने क्रान्तिकारीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागलाई बेवास्ता गरी कलेज प्रशासन अगाडि बढे संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौँ ।’ 


 

प्रतिक्रिया दिनुहोस