एजेन्सी । टी-२० विश्वकपअन्तर्गत सुपर आठको अन्तिमा खलमा अफगानिस्तानले बंगलादेशलाई जितका लागि १ सय १६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। बंगलादेशलाई हराए सेमिफाइनल पुग्ने सम्भावनाबीच अफगानिस्तान निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि ओपनर रमनुल्लाह गुरवाजले ४३ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए। त्यस्तै, अज्मतुल्लाह ओमरजाइले १० रन बनाए। बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिँदा मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १-१ विकेट लिए।
आजको खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ। तर अफगानिस्तानले बंगलादेशलाई हराएमा भने अफगानिस्तान उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्ने छ।
अफगानिस्तानको इनिङ सकिनासाथ वर्षा सुरु भएकाले अहिले खेल रोकिएको छ। वर्षाले खेल रद्द भएर अंक बाँडनु परेमा पनि अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने