काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिने भएको छ । योसँगै आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् ।
बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतरा बढेको छ । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरू गर्ने गरी तयारी गरिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।
मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरू भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असार २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी