यसरी जुटाउँदैछन् दलले चुनावी खर्च

पत्रपत्रिकाबाट

सोमबार, २० कार्तिक २०७४, ०७ : ५५
यसरी जुटाउँदैछन् दलले चुनावी खर्च

नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन ।मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि बढाएको छैन ।

विगतका निर्वाचनमा उम्मेदवारी मनोनयअघि नै निवाृचन खर्चका लागि छुट्ट्ै समिति गठन गर्दै स्व्देश र विदेशमा रहेकासंग कांग्रेसले चन्दा माग्ने गथ्र्यो । यसपटक उम्मेदवारी मनोनय भईसक्दा समेत कांग्रेसले अर्थ संकनलका लागि औपचारिक रुपमा कुनै पनि पक्षलाई अपिल गरेको छैन ।

केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्की संयोजकत्वको आर्थिक समितिले निर्वाचन खर्च जोहो गर्ने कांग्रेसको आन्तारिक तयारी छ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा हुने चनाव खर्च जुटाउन विदेशमा रहेको शुभेच्छुकहरुसंग् रकम संकलन गर्ने भएको छ ।

व्यवस्थापन गर्न माधमकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक श्रोत परिचालन गर्ने योजना बनाएको छ ।संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई सहयोग गर्न क, ख, र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ ।

सो दलका अनुसार क श्रेणीमा परेका उम्म्दवार विजयी सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्म्दवार प्रतिस्पर्धामा रहेको र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिती देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस