काठमाडौं। गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ ।
सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । शुरूमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिटमाथि यसअघि पनि सर्वोच्चमा सुनुवाइ भइसकेको छ ।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रवि जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगीविरुद्ध परेका उजुरी पेश गर्न आदेश गरेको थियो ।यस्तै, बुटवलको सुप्रिम सहकारी ठगीविरुद्ध जिल्ला अदालतमा पेश गरिएको मिसिल झिकाउन पनि सर्वोच्चले आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, ११ : ३२
लेखकबाट थप