कुनै पनि किसिमको हत्या हिंसा भरतपुर महानगरालाई सह्य नहुने प्रमुख दाहालको भनाइ, हत्या हिंसाविरुद्ध जुरमुराए चितवनका सरोकारवाला, गाउँ गाउँमा सचेतना फैलाईने

सुरेन कुँवर

शुक्रबार, १२ असोज २०७५, १८ : १०
कुनै पनि किसिमको हत्या हिंसा भरतपुर महानगरालाई सह्य नहुने प्रमुख दाहालको भनाइ, हत्या हिंसाविरुद्ध जुरमुराए चितवनका सरोकारवाला, गाउँ गाउँमा सचेतना फैलाईने

चितवन । महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध चितवनका सरोकारवालाहरु एकजुट हुने भएका छन् । पछिल्लो समय देशमा बढदै गईरहेको हिंसासम्बन्धी सचेतना जगाउन सम्भावित हिंसाग्रस्त क्षेत्रमा सचेतना सहित पुग्न लागेका हुन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरालाई सह्य नहुने बताउनु भएको छ । उहाँले देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता घटना घटदै जानु दुखद भएको बताउनुभयो । भरतपुर महानगरपालिका गम्भिर भएर अभियानमा जुट्ने दाहालको भनाई छ ।

चितवनमा पनि महिला हिंसा र जबरजस्ती करणी सम्बन्धी घटनाहरु बाहिरा आईरहेका छन् । बढदो घटनालाई न्युनिकरण गर्न अभियान नै चलाउन लागेका हौ ,जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिनुभयो । अभियानलाई स्थानिय तहका जनप्रतिनिधिको सहभागितामा गाउँ गाउँमा पुराईने बताइको छ ।

जिल्ला प्रहरी कार्यालय ,भरतपुर महानगरपालिका,महिला अधिकारीकर्मी ,टोल सुधार समिति तथा नागरिक अगुवाहरुको अगुवाईमा विद्यालय स्तरमा पनि सचेतनामुलक कक्षाहरु संचालन हुनेछन् । विद्यालयबाटै अभियान चलाए सचेतनाले सार्थकता पाउने महिला अधिकारकर्मी मिना खरेल बताउनु हुन्छ । विद्यालयबाट घर घर र घरबाट ब्यक्ति व्यक्तिसम्म सन्देश प्रवाह गर्न सके यस्ता घटनाहरुमा न्युनिकरण आउने दाबी गर्नुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहमन्त्रालयले बढ्दो बलत्कार र यौनहिंसाको विषयमा चितवन लगाएत देशभर यस्तो कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो । 

अभियान संचालन गर्न जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्वमा विभिन्न कार्यदलहरु निमार्ण गरिएको छ । अभियानमा सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै सचेतना फैल्याउन सके कार्यक्रम प्रभावकारी बन्ने प्रहरीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस