काठमाडौं। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् । औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने विषयमा डा. आरजु देउवा सभापति रहेको समितिले शुक्रबार आयोजना गरेको छलफलमा गृहमन्त्री सहभागी भएका हुन् ।
बैठकमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी छन् ।सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता प्रदान गर्ने तयारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
समितिमा विभिन्न मन्त्रालयका सचिवलहरू पनि सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १२ : ११
लेखकबाट थप