संसदीय छानबिन विशेष समितिले थाल्यो काम

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ०७ : ५६
संसदीय छानबिन विशेष समितिले थाल्यो काम

काठमाडौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्य प्रारम्भ गरेको छ ।

गठनको एक सातापछि बुधबार समितिको पहिलो बैठक बसेको हो । सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको हो ।

समिति सञ्चालन कार्यविधि र आन्तरिक कार्ययोजनाको निर्माणपछि शुव्रmबारदेखि समितिले काम सुरु गर्ने छ तर समितिले पाएको तीन महिनाको समयसीमा भने पहिलो बैठकबाटै सुरु हुने छ ।

विशेष समिति सचिव बबिता मिश्रले कार्यविधि र आन्तरिक कार्ययोजनासहितको कार्यतालिका तयारीपछि शुत्र्रmबार बैठक बस्ने बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस